मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, कानुनमन्त्री गौतम तेस्रो स्थानमा
१० मंसिर २०८३, बिहीबार १६:३०

काठमाडौं । सरकारका मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रीहरूको मर्यादाक्रममा परिवर्तन गरेका हुन् ।
नयाँ मर्यादाक्रमअनुसार कानुनमन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन् । यसअघि उनी मन्त्रिपरिषद्को मर्यादाक्रममा सातौँ स्थानमा थिइन् । उनको स्थान चार तह माथि उक्लिएको हो ।
यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले भने दोस्रो स्थानमै यथावत् छन् । गौतमको मर्यादाक्रम परिवर्तन भए पनि अन्य मन्त्रीहरूको वरीयतामा भने कुनै हेरफेर गरिएको छैन ।












