आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से सूचकांक ८.५७ अंकले घटेर २६२८.१७ को विन्दुमा कायम भएको छ। यसदिन १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यसदिन लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन ऊर्जा विकास कम्पनी, एनआईसी एशिया बैंक, घलेम्दी हाइड्रो, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माई हाइड्रोपावर, एनएमबि बैंक र साहस ऊर्जाको शेयर सर्वाधिक किनबेच भएको छ।











