आइसिइफसि फाइनान्स सहित आज सर्वाधिक क–कसले गुमाए ?

२१ मंसिर २०७८, मंगलवार १५:२४

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३७.१८ अंकले घट्दा कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा सिमित भएको छ ।

सोमबार नेप्सेमा हरियाली छाएपनि आज पुनः मार्केट घट्न पुगेको छ । नेप्से ३७ अंकले घट्दा आज सर्वाधिक गुमाउने कम्पनीमा आइसिएफसि फाइनान्स रहेको छ । कम्पनीको आज ७.६५ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै, कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ६.७७ प्रतिशत, सिनर्जी पावरको ६.२९ प्रतिशत, हिमालयन पावर पार्टनरको ५.९१ प्रतिशत, रिलाइबल फाइनान्सको ५.६६ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.२६ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*