एनएमबि बैंक र हाम्रो अस्पतालबीच छुट सम्बन्धी सम्झौता
८ फाल्गुन २०७८, आईतवार १८:०६

काठमाडौं । एनएमबि बैंक र हाम्रो अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकमा उपचारका लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज हो भन्ने उद्देश्यका .साथ समझदारी भएको हो । सम्झौता पत्रमा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका निर्देशक सुनिलचन्द्र अधिकारले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा बिशेष छुट तथा सहुलियत दिने छ । बैकको एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीलाई अन्तरंग, फार्मेसिबाट औषधी खरिद, ल्याब परिक्षणहरु शल्यक्रियामा छुट उपलब्ध गराउनेछ । हाम्रो अस्पतालले विराटनगर मार्फत स्वास्थ्य सेवा सुविधा दिदै आइरहेको छ ।












