एनएमबि बैंकले ल्यायो युवावर्गलाई लक्षित गर्दै नयाँ बचत खाता, यस्ता छन् सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले युवाहरुलाई डिजिटाइजेशन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि युवा डिजि सेभिङ’ ल्याएको हो ।
उक्त खाताअन्गर्तत शून्य मौज्दातमै उच्च ब्याजदर पाउनुका साथै मेरो शेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध हुनेछ । बैंकले १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) वर्गलाई लक्षित गर्दै यो नयाँ बचत खाता संचालनमा ल्याएको हो ।
साथै उक्त खाताअन्तर्गत बैंकले एनएमबि ओम्नी च्यानल बैकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र वार्षिक १२ सय रुपैयाँ सम्मको क्यासब्याक योजना जस्ता आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ ।
त्यस्तै, उच्च शिक्षामा अन्य मुलुकमा जान चाहेका विद्याथीलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने बैंकले जनाएको छ ।












