समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्ने
२२ फाल्गुन २०७८, आईतवार १६:०२

काठमाडौं । समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ। संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निष्काशन गर्ने लागेको हो ।
लघुवित्तले उक्त एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्गलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा। मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
समता लघुवित्त र घरेलु लघुवित्त वित्तिय संस्था गाभिएपछि सेयर संरचना परिवतर्न भएको थियो । समताको १०० र घरेलुको ८० रुपैयाँ कायम हुने गरी दुवै संस्था गाभिएका थिए ।













