पोखरा फाइनान्सका दुई संचालकले दिए राजिनामा

२४ फाल्गुन २०७८, मंगलवार १२:२५

काठमाडौ । पोखरा फाइनान्स लिमिटेडका दुई संचालकले राजिनामा दिएका छन् । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रेसम लाल पौडेल र स्वतन्त्र संचालक विष्णुहरि तिमिल्सिनाले पदबाट राजिनामा दिएका हुन् ।

पौडेल र तिमिल्सिनाले आफ्नो पदबाट दिएको राजिनामा संचालक समितिको फागुन २३ गते बसेको बैठकले सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*