नेष्डो समृद्ध लघुवित्तको आइपीओ नतिजा ३० मिनेटमा सार्वजनिक हुने

२४ फाल्गुन २०७८, मंगलवार १४:४३

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको नतिजा बाँडफाँड कार्यक्रम पछिको अन्तक्रिया कार्यक्रम भईरहेको हुँदा करिब ३० मिनेटपछि आइपीओ नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्उापिटलले जनाएको छ।

क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारेका छन् । उनीहरुले गोलाप्रथाबाट १०/१० कित्ताको दरले सेयर हात पारेका हुन् । सोहीमध्ये २० कित्तासम्म आवेदन दिनेमध्ये ३ जनालाई थप १÷१ कित्ता गरि कूल ३ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

यससँगै, उक्त आईपीओको नतिजा अर्थात रिजल्ट केहीबेरमै हेर्न सकिने छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार क्यापिटलले आईपीओ बाँडफाँड गरेको ३० मिनेटको अवधिमै लगानीकर्ताले मेरो सेयरको वेवसाइटबाट आईपीओको नतिजा हेर्न सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*