राष्ट्र उत्थान लघुवित्तको शेयर सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज?

२६ फाल्गुन २०७८, बिहीबार १३:०७

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा लघुवित्तको २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यसअनुसार आइतबार लघुवित्तको शेयर कारोबार खुल्नेछ ।
लघुवित्तको शेयरलाई आरयुएलबीकारोबार संकेत प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*