शनिबार पनि आरटीजीएस प्रणाली सूचारु रहने
२७ फाल्गुन २०७८, शुक्रबार १९:३६

काठमाडौं । भोलि शनिबार (फागुन २८ गते) समेत आरटिजिएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।
विकास ऋणपत्र २०८७ “क” र बैंदेशिक रोजगार बचतपत्र २०७९ “ख” को ब्याज भुक्तानीको लागि भोलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटिजिएस प्रणाली संचालन हुने भएको हो ।













