मुक्तिनाथ कृषि कम्पनीद्धारा आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

२९ फाल्गुन २०७८, आईतवार १७:२८

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि फागुन २० गते आवेदन दिएको हो ।

२०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पूँजी र ४० करोड रुपैयाँ जारी पूँजी सहित स्थापना भएकोमा कम्पनीले १० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तोे रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमाा मध्यम जोखिम रहेको देखिउँछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*