खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याकसँगै स्मार्टफोन जित्ने सकिने
१ चैत्र २०७८, मंगलवार १५:५६

काठमाडौं । खल्ती मार्फत ईएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जित्ने सकिने अफर सार्वजनिक गरेको छ । यसका साथै यो अफर अन्तर्गत २ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा स्मार्ट फोन जित्ने मौका पाउनेछन् ।
चैत १ गतेदेखि चैत ३० गतेसम्म चल्ने अफरमा ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ अनुसार हुलास फिन सर्भ जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट, स्याकार हान्डा र एमएडब्ल्डू इन्वेत्मेन्ट प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा १०० प्रतिशत क्यासब्याक अथवा ५ हजार रुपैयाँ र २ जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् ।
५ हजार भन्दा माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ ।













