वोमी लघुवित्तद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न अनुरोध
४ चैत्र २०७८, शुक्रबार ११:२१

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्ने शेयरधनीहरुलाई अनुरोध गरको छ । कम्पनीको पुस १६ गते बसेको १० औं साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट शेयरधनीको लागि २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर वापतको रकम कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालय सम्पूर्ण खारी केसिएल वोमी भ्याट कलेक्सन २०७७।०७८ खाता नम्बर ०१३००९८४०७२०००३७ मा जम्मा गर्न अनुरोध गरेको छ ।
साथै, हालसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने कम्पनीले जनाएको छ ।













