तारागाउँ रिजेन्सी होटल्सको २५ औं साधारण सभा चैत २७ गते, के-के छन् एजेण्डा ?

४ चैत्र २०७८, शुक्रबार ११:३९

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको छ । फागुन २० गते बसेको संचालक समितिको बैंठकले सभा बिहान ११ बजे तारागाउँ रिजेन्सी होटल्स लिमिटेड रजिष्टर्ड कार्यालय बौद्ध काठमाडौं भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षण नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ । साथै आईसिटिसी होल्डिङ कम्पनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियुक्त गर्ने, प्रबन्ध संचालक र कार्यकारी संचालकको पुनः नियुक्तीलाई अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*