ग्रामीण विकास लघुवित्तद्धारा सिईओ पदका लागि दरखास्त आव्हान, मासिक तलब १ लाख २० हजार रुपैयाँ

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै सिईओ पदका लागि दरखास्त आव्हान गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, बैकिङ, वित्तीय, मौद्रोक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, ब्यापार प्रशासन, जनप्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र, कानून, सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातक उत्र्तिण ब्यक्ति मागेको हो ।
दरखास्त आवेदन दिने दिनसम्म ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा ३ वर्ष कार्य अनुभव हुनु पर्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा भनिएको छ । जसमा मासिक तलब १ लाख २० हजार रुपैयाँ हुने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ४ गते) ले २१ दिन भित्र कम्पनीको प्रधान कार्यालय बुटवल, प्रदेश कार्यालय वा शाखा कार्यालय बुढानिलकण्ठमा आवेदन दिन सक्नेछन् ।
सूचना स्रोतः फाइनान्सियल नोटिस डटकम












