सबैंको लघुवित्तद्धारा ब्यवसायिक केरा खेती तालिम सम्पन्न

४ चैत्र २०७८, शुक्रबार १२:३५

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्यवसायिक केरा खेती तालिम सम्पन्न गरेको छ । नवलपरासी जिल्लाको प्रतापपुरमा चैत १ र २ गते उक्त तालिम संचालन गरिएको थियो ।

ब्यवसायिक केरा खेती तालिममा संस्थाका आफ्ना २७ जना ग्राहक र ग्राहक सदस्यहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक विवेकठाकुर, चन्द्रकान्त भुज, पवनकुमार श्रेष्ठ, विक्रम उपाध्यय र निशाखा चौधरी रहेका थिए ।

केरा खेतीको परिचय, महत्व, संभावना, केरा खेतीको उपयोग, केरा खेतीको लागि उपयुक्त हावापानी, केराका जातहरु, जातिय विशेषता, केराको बगैंचा ब्यवस्थापन र पोष्ट हार्भेष्ट, केरा बगैंचाको स्थापना र वार्षिक संचालन कार्यतालिका, केरा बगैंचामा मल प्रयोग गर्ने समय र परिणाम, सिंचाई, रेखाकंन र केरा रोप्ने दुरी, केराका लागि खाडलको तयारी, केरा रोप्ने समय र तरिका, केरामा लाग्ने प्रमुख रोग, किरा र यसको ब्यवस्थापन, केराको विविधिकरण, केराबाट बन्ने ४२ किसिमका परिकारहरुको फोटोहरु, केराको पिठो बनाउने तरिका, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु प्रशिक्षण दिएको थियो ।

तालिमको समापन कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा न ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पञ्जियारले तालिामा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*