महालक्ष्मी विकास बैंक बझाङ शाखाले विद्यालयलाई प्रतिक्षालय निर्माण

८ चैत्र २०७८, मंगलवार १७:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्यमिक विद्यालय प्रतिक्षालय निमार्ण गरेको हो ।

विद्यालयमा आयोजित विशेष कार्यक्रम विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको हो । विद्यालयमा अध्ययनरत विधार्थिहरुलाई घाम पानीबाट बच्न सजिलोहोस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक उत्तम बहादुर मल्लले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*