ग्रीन भेन्चर्सको आईपीओमा पहिलो दिनमै ४ लाख भन्दा बढीको आवेदन

काडमाडौं । ग्रीन भेञ्चर्स लिमिटेड निष्कासन गरेको आईपीओ पहिलो दिन ४ लाख ३२ हजार ४२१ जनाले आवेदन भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलवार साँझ ५ बजेसम्म यी आवेदकहरुले ५४ लाख ५ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् ।
उक्त आवेदन मागभन्दा १ दशमलव ८९ गुणा बढी आवेदन परेको हो । कम्पनीले मंगलबार देखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ ।
यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतअर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यस आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।













