ग्रीन डेभलपमेन्ट बैंकको नवौं साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

११ चैत्र २०७८, शुक्रबार १२:३७

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा भोलि (चैत १२ गते) बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले बैक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्तिको लागि उपयुक्त संस्थाको पहिचान गर्ने, उपयुक्त देखिएमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी अन्य आवश्य सम्पूर्ण कार्य गर्न र गराउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने कार्य सूचि समेत सभामा समावेश गरीएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ चैत १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*