नयाँ वर्षको अवसरमा एनएमबी बैंकले ल्यायो ग्राहकहरुलाई यस्तो छुट सुविधा

काठमाडौं । नयाँ वर्षको अवसरमा एनएमबी बैंकले आफना ग्राहकहरुलाई बिशेष छुट दिने भएको छ । अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्राहकहरूले विशेष छुट पाउने भएका छन् ।
एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
एनएमबी बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।













