शेयरबजारलाई थप प्रतिस्पर्धी बनाउँदै लगानीकर्ताको हक हित संरक्षण गर्ने सरकारको घोषणा
१५ जेष्ठ २०७९, आईतवार १८:५६

काठमाडौं । सरकारले धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाइने घोषणा गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आज संसदमा आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।
पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण गर्दै आम लगानीकर्ताहरुको हक हित संरक्षण गरिने अर्थमन्त्री शर्माले बजेट घोषणा गर्दै बताएका हुन् ।













