नेप्सेमा थप २ लाख कित्ता बोनस शेयर सूचीकृत

१७ जेष्ठ २०७९, मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

सो प्रतिशत दरका १ लाख ९८ हजार कित्ता शेयर सूचिकृत भएको छ । सूचीकृत पश्चात् उक्त शेयरहरु सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भइसकेपछि धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*