आँखुखोला जलविद्युत कम्पनीले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश

१९ जेष्ठ २०७९, बिहीबार १०:४५

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले आव २०७६।०७७ र आव २०७७।०७८ को संयुक्त वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो ।

उक्त निर्णय बमोजिम साधारण सभा असार १२ गते अर्पण ब्याङ्क्वेट थापागाउँमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभाले सो दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै आव २०७६।०७७ र २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले यी दुई आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसर्थ कम्पनीका शेयरधनीहरुको हात यसपटक रित्तो हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज (बुकक्लोज) जेठ २७ गते तोकेको छ । यसर्थ जेठ २६ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*