माउन्टेन हाइड्रोसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१९ जेष्ठ २०७९, बिहीबार १५:०७

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । बजेट घोषणापछि लगातार गिरावट आएको पुँजीबजार आज १८.२६ अंकले घट्न पुगेको हो ।

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा शेयरको मात्रासँगै कारोबार रकम पनि घट्दो क्रममा रहेको छ । लगानीकर्ताहरुले आफुसँग भएको शेयर पनि ‘होल्ड’ गरेर राखेका छन् ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक माउन्टेन हाइड्रो नेपालको भएको छ । कम्पनीको आज एकैदिन १२ करोड १२ लाख ५८ हजार ६९३ रुपैयाँको कारोबारा भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ५४ लाख, नबिल बैंकको ३ करोड १८ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८ लाख र शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*