रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से दोहोरो अंकले घट्दा इन्डेक्स २११२ को विन्दुमा

१९ जेष्ठ २०७९, बिहीबार १५:१७

काठमाडौं । बजेट घोषणापछि ओरालो लागेको शेयरबजार आजपनि १८.२६ अंकले घट्न पुगेको छ । बजार बढ्न सक्ने लगानीकर्ताहरुले प्रक्ष्येपण गरेपनि बजेटमा पुँजीबजार सम्बन्धि भनेजस्तो नीति सम्बोधन हुन नसकेको कारण शेयरबजार प्रभावित बन्न पुगेको हो ।

आज नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ विन्दु तल झरेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेका सबै सूचक राताम्य भएका छन् । म्युचुअल फण्ड समूहको आज ०.०२ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, सर्वाधिक घट्न समूहमा बीमा समुहहरु रहेका छन् ।

जीवन बीमा समूहको १४६ रुपैयाँ ६२ पैसा र निर्जिबन बीमा समूहको १३८ रुपैयाँ १६ पैसाले घटेको छ । त्यस्तै, व्यापार समूहको ४६.७२ रुपैयाँ, लघुवित्त समूह २४.४३ रुपैयाँ, उत्पादन तथा प्रशोधन समूह ४१.३६ रुपैयाँले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*