मेगा क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह, असार मसान्तभित्र नगरेमा फ्रिज हुने

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले हितग्राही खाता खोल्ने खातावालाहरुलाई नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई नविकरण शुल्क वापतको १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।
कम्पनीले धितोपत्र निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आव २०७७।०७८ भित्र खाता खोल्ने सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आवको वार्षिक संचालक शूल्क वापत बुझाउन पर्ने रकम बाँकी रहेमा असार मसान्तसम्मभित्र बुझाउन आग्रह गरेको हो ।
हितग्राहीहरुले मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा मेगा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ००१००१०५६३००२ खाता नम्बरमा र डिजिटल भुक्तानी माध्यम ईसेवा, आइएमई पे, प्रभु पे, कनेक्ट आइपीएस, फोनपे जस्ता माध्यमबाट पनि नविकरण शुल्क बुझाउन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र नविकरण शुल्क भुक्तानी नगरेमा हितग्राही खाता फ्रिज हुने कम्पनीले जानकारी गराएको छ ।













