उच्च अंकले घट्यो नेप्से, २०७८ मा झर्यो नेप्से परिसूचक

२० जेष्ठ २०७९, शुक्रबार १५:०४

काठमाडौं । साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्सेमा भारी अंकले शेयर मूल्य घटेको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० कायम हुन आएको छ ।

शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको शेयर कारोबार भएको छ ।

शुक्रबार नेप्से २१०० को बिन्दुबाट तल झरेर २०७८ कायम भएको छ । यो बिन्दु सम्भवतः पछिल्लो डेढ वर्षको सबैभन्दा कम हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*