दुई कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । बजेटयता लगातार गिरावट आएको शेयरबजारमा शुक्रबार पनि ३३ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स घटेर २०७८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९० हजार ५४० रुपैयाँको कारोबार भएको छ ।
बजेटपछि बजार बढ्ने प्रक्ष्येपण गरिएतापनि त्यसयता झनै शेयरबजार खस्किँदै गइरहेको छ । आज ३३ अंकले पुँजीबजार घटेपनि केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा उपकार लघुवित्त रहेको छ । कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेर शेयरधनीहरुले सर्वाधिक कमाउन सफल भएका हुन् ।
त्यस्तै, बलेफी हाइड्रोपावरको पनि ९.९८ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । साथै गणपति लघुवित्तको २.३५ प्रतिशत, अजोड इन्स्योरेन्सको १.८० प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको १.१५ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।














