प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरलाई शेयर बजारमा देखिएको समस्या समाधान गर्न दिए निर्देशन

२२ जेष्ठ २०७९, आईतवार १९:५६

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शेयर बजारमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिएका छन्।

नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले समस्या समाधानको पहलकदमी लिने बताएका हुन्। प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या हल गर्न निर्देशन दिईसकेका छन् ।

ज्ञापनपत्रको पहिलो बुँदामा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्न माग गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*