श्वेत–गंगा हाइड्रोको आइपीओ बिक्रि खुल्ला, क– कसले दिन पाँउछन् आवेदन ?

२३ जेष्ठ २०७९, सोमबार ०६:२०

काठमाडौं । श्वेत–गंगा हाइड्रोले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्दैछ । कम्पनीले आयोजना प्रभावितहरुका लागि पहिलो चरणमा १५ लाख ९३ हजार कित्ता शेयर आजदेखि बिक्रिमा ल्याएको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने सेयर जारी गर्न लागेको हो ।आगामी भदौ असोजसम्म व्यावसायिकरूपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीको रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु खोलामा २८.१० मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माणाधीन छ ।

श्वेत–गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले प्रवद्र्धन गरेको आयोजनाको साधारण सेयर छिटोमा असार ६ गते र ढिलोमा असार २१ गते बन्द हुनेछ । सेयर खरिद गर्न आवेदकले न्यूनतम १० कित्ता र १० अंकको गुणाङ्कमा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।

५ लाख रूपैयाँसम्म रकम बराबरको आवेदन गर्ने दरखास्तवालाले स्वेच्छिक रुपमा र ५ लाख भन्दा बढी रकम बराबरको आवेदन गर्ने दरखास्तवालाले अनिवार्य रुपमा प्यान नम्बर दरखास्त फारममा खुलाउनु पर्नेछ । यस अतिरिक्त १० लाख रूपैयाँ वा सोभन्दा बढी रकम आवेदन दिने आवेदकहरुले आफूले आवेदन दिँदा जम्मा गरेको रकम सम्पत्ति शुद्धीकरण ऐनको बर्खिलाप हुने गरी आर्जन नगरेको भनी उद्घोषण गर्नुपर्नेछ ।

कम्पनीको बक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*