विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१ असार २०७९, बुधबार ११:२७

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मदन गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । साथै बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको आधारमा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत सोही सभाले पारित गरेको छ ।

यसबाहेक उक्त सभाबाट अन्य कोही लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

साथै आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह, लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, सो सभाबाट संचालक समितिमा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) जेठ १८ गतदेखि जेठ ३१ गतेसम्म तोकेको थियो । यसअनुसार जेठ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त प्रस्तावित लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*