आँखुखोला जलविद्युत कम्पनीले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, शेयरधनीलाई छैन लाभांश

१ असार २०७९, बुधबार ११:४६

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १३औं र १४औं वार्षिक साधारण सभा असार १२ गते बस्ने निर्णय गरेको हो ।

उक्त बैठकको निर्णयअनुसार सभा जेठ १२ गते अर्पण ब्याङक्वेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला र संस्थापक समूह शेयधरनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु निर्वाचित गर्नेछ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७६।०७७ र २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही दुई आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।

यसबाहेक आव २०७७।०७८ को लागि लेखापरिक्षक नियुक्तिको अनुमोदन गर्ने उक्त सभाको एजेण्डा रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ जेठ २७ देखि एक दिन बुकक्लोजको मिति तोकेको थियो यसर्थ जेठ २६ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

साथै कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छ । यसकारण यसपटक कम्पनीका शेयरधनीहरुको हात रित्तो हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*