हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, मागबमोजिम सबैले पाए शेयर

१ असार २०७९, बुधबार १२:१६

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आइपीओ जेठ ३१ गते बाँडफाँड गरेको हो ।

कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई आइपीओ बाँडफाँड गरेको हो ।

सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिएका थिए ।

सेयर बाँडफाँट सम्बन्धी विवरण तथा नजिता धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाइट https://www.globalimecapital.com/ बाट र कम्पनीको वेबसाइट https://hhpl.com.np/ बाट हेर्न सकिने छ ।

कम्पनीले निष्काशन गरेको ९ लाख कित्ता साधारण सेयर मध्य २ लाख ८१ हजार ७५० कित्ता मात्र बिक्रि भएकाले बाँकी ६ लाख १८ हजार २५० कित्ता सेयर अब सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ ।

कम्पनीले निष्काशन गरेको उक्त आइपीओमा मागभन्दा पनि कम आवेदन परेकाले आवेदक सबैले माग गरेबमोजिमको बमोजिम सेयर प्राप्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*