लगानीकर्तालाई सचेत गराउने उद्देश्यका साथ पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न

५ असार २०७९, आईतवार १२:३८

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम शनिवार सपन्न भएको छ ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा पूजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले देशका सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याएको बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको बताए ।

मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको तथा नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको उल्लेख समेत गरेका थिए । पूँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पूँजीबजारको वारेमा सचेतना वृद्धि गर्नु सम्वद्ध निकायहरुले ध्यान दिनु आवश्यक भएकोमा मुख्य मन्त्रीले जोड दिए । मन्त्री शाहीले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

संघीयताको भावनालाई हामीले अझै पनि बुझेका छौनौ भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पूँजीबजारले सहयोग गर्ने उल्लेख गरे । नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै,लगानीकर्ता, बैकर्रहरु तथा व्यवसायीहरुले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले जोड दिए ।

त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुरले शाहीले कर्णाली प्रदेशमा रहेका शेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतनता सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए । शेयर बजारको विकासको लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताए । उनले सचेतनता कार्यक्रमले कर्णलीका लगानीकर्ताहरुलाई हौसला प्राप्त भएको बताए ।

नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकालद्य उद्योग धन्दा निराशाजनक अवस्था रहेको बेला पूजीबजार मार्फत औद्योगिक लगानीका लागि पूजी संकलन गर्न शेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउनु आवश्यक भएकोमा जोड दिए ।

हामीले अवलम्वन गरेको आर्थिक नीतिको कारण नेपाल स्वालम्वी भन्दा आयातमुखि अर्थतन्त्रको नकारात्मक असर परेको बताए । कार्यक्रममा नेपाल मचेण्ट बैकर्स एसोशियसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पूजीबजारका लागनीकर्ताहरु बीच सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघ संगको सहकार्य सचेतना कार्यक्रम संचालन गरेकोले त्यसबाट लाभ दिन लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले संघीयताको प्रर्वद्धन गर्न सचेतना कार्यक्रमले सहयोग गर्ने तथा देशभर छरिएर रहेको पूजीको संकलनका लागि एउटा महत्वपूर्ण माध्यम बन्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*