श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

६ असार २०७९, सोमबार १०:०३

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार ६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली नपा।को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिनेछ ।

आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरुबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*