नेपाल हाइड्रो डेभलोपरको विशेष साधारण सभा स्थगित, पुनः कहिले बस्दैछ ?

१४ असार २०७९, मंगलवार १०:३३

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीले असार १३ गते सोमबार बिहान ११ बजे काभेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बस्ने गरी डाकेको सभा स्थगित हुन पुगेको हो ।

उक्त दिन गणपुरक संख्या नपुगेको कारण विशेष साधारण सभा स्थगित हुन पुगेको कम्पनीले जनाएको छ । साथै असार १३ गते साँझ ४ बजे बसेको कम्पनीको संचालक समितिको बैठकले सभा असार २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टार्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा पुनः बस्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*