दोहोरो अंकले घट्यो शेयरबजार, जीवन बीमा समूह चम्किदा एक अर्बको कारोबार
१४ असार २०७९, मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । आइतबार केही सुधार देखिएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ ।
नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेको १३ उपसूचक मध्ये आज जीवन बीमा समूह र बैकिङ्ग समुह बाहेकका सबै सूचक राताम्य भएका छन् । जीवन बीमा समूहको आज ९६.९ रुपैयाँले बढ्न पुगेको छ भने सर्वाधिक घट्नेमा निर्जिबन बीमा समूह रहेको छ । सो समुहको आज १०९ रुपैयाँ ९६ पैसाले घटेको छ ।













