घटेको शेयरबजारमा यी कम्पनीको शेयरमूल्य बढ्यो

१४ असार २०७९, मंगलवार १५:२३

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

आज सिवाइसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेको हो ।

त्यस्तै, उन्नती सहकार्य लघुवित्तको ७.७४ प्रतिशत, कृषि विकास बैंकको ५.१० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको ५.०६ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको ४.९१ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*