मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१४ असार २०७९, मंगलवार १५:२९

काठमाडौं । आज शेयरबजार ११ अंकले घट्न पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ्ग र जीवन बीमा समूह बाहेकका सबै सूचक राताम्य छन् ।
नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।
घटेको शेयरबजारमा आज सर्वाधिक लक्ष्मी इक्विटी फण्डका इकाईधनीले सर्वाधिक गुमाउन पुगेका छन् । उक्त फण्डको इकाईमूल्य आज ५.७३ प्रतिशतले घटेको छ ।
त्यस्तै, जनरल इन्स्योरेन्सको ४.७५ प्रतिशत, युनाइटेड इदि मार्दिको ४.७० प्रतिशत, सिंगटी हाइड्रोपावरको ४.४५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४.४० प्रतिशतले घट्न पुगेको छ ।














