बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न बोर्डबाट पायो अनुमति
१५ असार २०७९, बुधबार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ ।बोर्डबाट स्वीकृति पाएसँगै लकम्पनीले हकप्रद जारी गर्ने अनुमति पाएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि असार १५ गते स्वीकृति पाएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।













