उतारचढावकाबीच ४१ अंकले बढ्यो नेप्से, सबै उपसूचक चम्किदा डेढ अर्बको कारोबार
१५ असार २०७९, बुधबार १५:३५

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकको सुधार देखिएको हो । नेप्से परिसूचक २.१५ प्रतिशतले बढेर १९६२ को विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । शेयरबजार बढेसँगै कारोबारमा पनि केही सुधार देखिएको छ ।
नेप्सेमा रहेका सबै सूचकमा सुधार देखिएको छ । आज सर्वाधिक प्रतिशतका आधारमा व्यापार समूह ६.५६ प्रतिशतले बढेको छ भने रुपैयाँका आधारमा निर्जिबन बीमा समूह १९४ रुपैयाँ ३८ पैसाले बढ्न पुगेको छ ।













