जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

१६ असार २०७९, बिहीबार १०:४६

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीको एघारौं साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदादेखि अभौतिक रुपमा शेयर धारण गरेको शेयरधनीहरुलाई असार १४ गतेदेखि हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले सो संस्थाको शेयर अभौतिकीकरण भएपश्चात मात्रै स्वतः शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने लघुवित्तले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*