सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
१६ असार २०७९, बिहीबार १४:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र ‘सीसीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र असार १५ गते नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृतपश्चात सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।













