शेयरबजारमा आक्रामक सुधार, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
१६ असार २०७९, बिहीबार १५:०८

काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छ । आज नेप्से परिसूचक ७४ अंकले बढ्दा लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजार बढेसँगै आज कारोबार समेत बढ्न पुगेको छ । २ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको ९ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफको ५ करोड ९९ लाख, अरुण काबेली पावरको ५ करोड ८३ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














