समीट लघुवित्तको बोनस शेयर पाउन कर वापतको रकम बुझाउनुपर्ने

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीको गत पुष २४ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५.२८५३१६ प्रतिशतका दरले बोनस शेयर वितरण प्रस्ताव पारित भएको र उक्त बोनस शेयर नेप्सेमा समेत सूचीकृत भइसकेकोले बोनस शेयर वापतको कर बुझाउन शेयरधनीहरुलाई आग्रह गरेको हो ।
सो प्रतिशत दरका शेयर शेयरधनीहरुले आफ्नो हितग्राही खातामा प्राप्त गर्न पहिले सो वापत लाग्ने कर वापतको रकम बुझाउनुपर्ने कम्पनीले जनाएको छ । सम्बन्धित शेयरधनीहरुले लघुवित्तको खाता रहेको बैंक सिभिल बैंक, सिटिसि मल सुन्धारा काठमाडौं सीसीएमएल नाममा खाता नं. ००२१००००४८२६८९ नम्बरमा रकम जम्मा गरी भौचर लुघवित्तको इमले [email protected] मा पठाउनुपर्नेछ ।













