ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

१९ असार २०७९, आईतवार ०६:००

कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । ङादी ग्रप पावरले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*