लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा साउन ९ मा बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले सभा साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँबाट ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५१ लाख ५२ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने, संचालकको बैठक भत्ता बृद्धि गर्ने, प्रदेश स्तरीय बैंक बनाउनको लागि कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसबाहेक गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण जस्ता अनुसूचीहरुमािथ छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।
साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ असार २८ गते देखि साउन ९ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसअनुसार असार २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा उपस्थित जनाई प्रस्तावित लाभांश पाउनेछन् ।













