आँखुखोला जलविद्युत कम्पनीको अध्यक्षमा राम श्रेष्ठ नियुक्त, नयाँ संचालक समिति गठन
१९ असार २०७९, आईतवार ११:३१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षमा राम श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मतीबाट चयन गरेको हो ।
साथै कम्पनीको सम्पन्न १३औं र १४औं संयुक्त वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट राम श्रेष्ठ, राम प्रसाद सापकोटा, दिनेश प्रसाद श्रेष्ठ र ब्रिष्टान्त तामाङ बोमजन चयन भएका छन् ।
त्यस्तै, सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्नेमा रेणुका लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।













