ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन

१९ असार २०७९, आईतवार १६:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १.१.५ अनुपातमा १५० प्रतिशत हकप्रद जारी गर्नको लागि भोलि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज कारोबार बन्द हुनुभन्दा अघि कायम ५०९ रुपैयाँका आधारमा नेप्सेले हकप्रद प्रयोजनार्थ बुकक्लोज पछिको शेयरमूल्य २६३ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

सोही मूल्यका आधारमा नै भोलि सो कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*