साङ्गे विद्युत कम्पनीको साधारण सभा असार ३० गते
२० असार २०७९, सोमबार ११:०५

काठमाडौं । साङ्गे विद्युत कम्पनीले असार ३० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा असार ३० गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र हालसम्म संशोधनसहितको एकीकृत प्रबन्धपत्र तथा नियामावली स्वीकृत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुनेछ ।
उक्त सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २२ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।













